प्रकाशित मिति : २०२०-११-०९

म्याग्दी जिल्ला गण्डकी प्रदेशको धवलागिरी अन्चलमा पर्ने नेपालको भूगोलमा मध्य पश्चिम पहाडमा पर्ने एक दुर्गम पहाडी भूभागमा अवस्थित छ । यसको पूर्वमा कास्की र पर्वत पश्चिममा वाग्लुङ, डोल्पा र रुकुम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा वाग्लुङद्धार पर्दछ । यो जिल्लामा धवलागिरी हिमश्रंखला समेत परेकोले हिमाल, पहाड, खोंच, दुन, टार, वेसी मिलेर जिल्लाको भू वनोट वनेको छ । कालीगण्डकी र म्याग्दी खोलाको सेरोफेरोमा यो जिल्लामा १ नगरपालिका र ५ गाउंपालिका रहेका छन । यहां भौगोलिक, सामाजिक, आर्थिक सांस्कृतिक र धार्मिक आदि क्षेत्रहरुमा विविधता पाइन्छ । म्याग्दी जिल्लाको नामाकरण २०१८ सालमा जिल्ला विभाजन हुंदा भएको पाइन्छ । सो भन्दा पहिला यो पर्वत जिल्ला हुनाको कारण यो प्रसिद्ध पर्वत राज्य अन्तरगत रहेकोले पर्वत जिल्ला रहेको इतिहासले वताउंछ । यस जिल्लाको नाम उत्तर पश्चिमबाट पूर्व दक्षिण हुंदै वगेको म्याग्दी खोलाको नामबाट रहन गएको वुझिन्छ । यस जिल्लाको सदरमुकाम वेनी म्याग्दीखोला र कालीगण्डकी नदिको दोभानमा रहेको छ । यस जिल्लामा वेनी न.पा ४ को सिंगामा तातोपानी कुण्ड धार्मिक स्थल गलेश्वर पर्यटकीय स्थल घोडेपानी, अन्नपूर्ण वेस क्याम्प, चरन क्षेत्र खोप्रा र धवलागिरी हिमाल आकर्षक विन्दु हुन ।

एक मात्र संघिय संसदको निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र रहेका छन भने कृषि पर्यटन र विभिन्न वन्य जन्तु र वन ‌औषधी यस जिल्लाको मुख्य अर्थोपार्जनको क्षेत्र हो । राजनैतिक रुपमा यस जिल्ला १ न.पा र ५ गा.पामा विभाजित छ भने जिल्ला सदरमुकाम वेनी जुन पोखराबाट करीव ८० कि.मिको दूरीमा पर्दछ । वेनी वाग्लुङ र पर्वतका सदरमुकाम संग यातायात जोडिएको छ ।