प्रकाशित मिति : २०२०-११-०८

साविकको जिल्ला पशु सेवा कार्यालयको निती, उद्धेश्य र क्षेत्राधिकारमा नंया संरचना अनुसार केही परिवर्तन भएको छ । भेटेरिनरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्रहरुको कार्य विवरण निम्न अनुसार रहेको छ ।

· जिल्लाको पशु पन्छी तथा मत्स्यको तथ्याङ्क तथा डिजिज प्रोफायल तयार गरी संवन्धित निकायमा रिपोर्टिङ तथा अध्यावधिक गर्ने ।

· संघिय तथा प्रादेशिक पशु पन्छी सेवा मत्स्य लगायतका कार्यक्रम तथा आयोजना सन्चालन गर्ने ।

· भेटेरिनरी ओषधि पसल , मासु पसल , वधशाला , वधस्थल , दुग्ध संकलन/प्रसोधन केन्द्र तथा जैविक पदार्थ र दानाको गुणस्तर नियमन गर्ने ।

· स्थानीय तहमा कार्यरत कृषि , प्राविधिक तथा ब्यवसायिक कृषक उद्धमी फार्म सन्चालकलाइ तालिम तथा क्षमता अभिवृद्धि गराउने ।

· पशु पन्छी तथा मत्स्य पकेट कार्यक्रम सन्चालन गर्न प्राविधिक सेवा उपलब्ध गराउने ।

· पशु पन्छी तथा मत्स्य उत्पादनलाइ ब्यवसायिकरण , यान्त्रीकरण तथा वजारीकरणमा प्रोत्साहन तथा सहजीकरण गर्ने ।

· पशु पन्छी रोग निदानका लागि प्रयोगशाला , प्याथोलोजिकल , पारासाइटोलोजिकल माइक्रोवायोलोजिकल , वैदेशिक भाइरोलोजिकल तथा वायोकेमेष्ट्री र सर्जिकल सेवा प्रदान गर्ने ।

· पशु पन्छी नश्ल सुधार तथा स्थानीय पशु पन्छी स्वा स्थान संरक्षण ANGR कार्यक्रम सन्चालन गर्ने ।

· पशु पन्छी तथा माछाको स्वास्थ्य परीक्षण तथा उपचार गर्ने र आवस्यक परेको खण्डमा घुम्ती शिविर सन्चालन गर्ने ।

· जुनोटिक एवं महामारी रोगको रोकथाम नियन्त्रण एवं प्रकोप ब्यवस्थापन गर्ने ।

· पशु प्रजनन संग संवन्धित समस्याहरुको निराकण गर्न विशेष कार्यक्रमहरु सन्चालन गर्ने ।

· पशु पन्छी विमा संवन्धी योजना कार्यान्वयन गर्ने ।

· कार्यक्षेत्रमा देखा परेका चुनैतिहरुलाइ संवोधन गर्ने ।

· किसानहरुलाइ शुलभ ऋणको आपूर्तिको लागि वित्तिय संस्थाहरुसंग समन्वय गर्ने ।

· पशु उत्पादन सामाग्रीको उचित ब्यवस्थापनको लागि सहयोग गर्ने ।

· संवन्धित प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्न आवस्यक कार्यक्रम सन्चालन गर्ने ।